काठमाडौं । नेपाल प्रहरीका १७ जना एसएसपीको डीआईजीपीमा बढुवा सिफारिस भएसंगै एसएसपीमा बढुवा हुनेहरुको दौडधुप शुरु भएको छ । डिआइजीमा बढुवा सिफारिसमा परेपछि रिक्त हुने १७ जना एसएसपीहरू पद र यस अघि रिक्त १५ गरी ३२ एसएसपीको पदरिक्त रहेको स्रोत बताएको छ ।
उक्त स्रोतले जनाएअनुसार एसएसपीको रिक्त ३२ पदमा बढुवाका निमित्त २०७४ साउन १९ गते एसपीमा बढुवा भएका ३३ र २०७५ जेठ २९ गते बढुवा भएका २६ जना र अर्का एक निर्मला पन्त बलात्कार काण्डमा बर्खास्त कानुनी कटघराबाट
मुक्त भएका एसपी डिल्ली राज विष्ट गरि ६० जना एसपीहरूको अन्तिम प्रतिस्प्रर्धाको गृहकार्य चलिरहेको छ । एसएसपीको रिक्त ३२ पदको छनौटको तयारी प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको उक्त स्रोतले जनाएको छ ।
एसएसपीको रिक्त ३२ पदको बढुवाका विषयमा कागजी शक्तीका साथ नामवली छनोटको काम भइरहेकोे छ । तर अहिले उक्त पद छनोटको नतिजा भने सार्वजनिक हुन सकेको छैन । बालुवाटारमा भइरहेको उक्त पद छनोटको नतिजा (भोली ) मात्र सार्ववजनिक हुने उक्त स्रोतले जनाएको छ ।
यस पटकको बढुवामा राष्ट्रिय अनुसन्धान विभागबाट भर्ना भएका र २०७४ साउन १९ गते एसपीमा बढुवा भएका १८ जना पनि प्रतिस्पर्धामा रहेको स्रोतले जनाएको छ ।




