काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाकी नवनिर्वाचित उपप्रमुख सुनिता डंगोलले पदभार ग्रहण गरेकी छन् । साेमबार महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबाट शपथ ग्रहण गरेपछि बागदरबारस्थित महानगरपालिका कार्यालय पुगेकी उनले पदभार ग्रहण गर्दै यस्ताे बताएकी हुन् ।
उनले भनिन्, ‘जो जहाँबाट निर्वाचित भएर आएपनि अब हामी सबैको ध्येय टीमवर्क हुनुपर्छु । अब कुनै एक व्यक्तिको सफलताभन्दा संस्थालाई सफल बनाउन लाग्नुपर्छ। महानगर सफल भए हामी सबैको जित हुन्छ ।’




