काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । अहिले वडा नं ९, १०, १३, १४, १५, २०, २२ र २६ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, २३, २४, २५, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ ।
अहिलेसम्म एक लाख ३० हजार बढीमा गणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाह र एमालेको तर्फबाट उपमेयरको उम्मेदवार रहेकी सुनिता डंगोलबीच लोकप्रिय मत पाउने होड चलिरहेको छ ।
सार्वजनिक पछिल्लो मत परिणाम अनुसार शाहले ४४ हजार १८३ मत पाएका छन् । डंगोलले अहिलेसम्म ४५ हजार ८ सय ७५ मत पाएकी छन् । उनीहरुबीच १ हजार ६९२ मत अन्तरले लोकप्रिय मत पाउने होड चलिरहेको छ ।
हालसम्म मेयरमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ हजार ८३५ मत पाएकी छन्। सिंहलाई नेकपा एमालेका केशव स्थापितले २४ हजार ८३५ मतसहित पछ्याइरहेका छन् ।
राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले २९९६, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ३३३४ मत पाएका छन् ।
यस्तै उपमेयरमा एकिकृत समाजवादीका रामेश्वर श्रेष्ठले १५ हजार ८८२ मतसहित डंगोललाई पछ्याइरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिनिता मगैयाले ७ हजार २३ मत प्राप्त गरेकी छन् ।




