ताजा समाचार

सत्ता गठबन्धनको बैठक बस्दैः कहाँ तालमेल हुने, कहाँ स्वस्थ्य प्रतिस्पर्धा हुने टुंगाे लगाइने

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्नेछ। आसन्न स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

यसअघि, आजै गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठक बस्नेछ । बिहान बस्ने बैठकको निष्कर्ष शीर्ष नेताहरूको बैठकमा प्रस्तुत गरिने र निर्णय लिइने छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार आजको बैठकले कहाँकहाँ तालमेल हुने भयो, कहाँ स्वस्थ्य प्रतिस्पर्धा हुने भयो भन्ने टुंगो लगाउने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *