ताजा समाचार

‘सुसाइड’ नोट लैखेर एकै परिवारका पाँचजनाले गरे आत्महत्याको प्रयास, १ जनाकाे मृत्यु

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका-६ स्थित रामकोट डाँडापौवाको एकै घरका पाँच जनाले विष सेवन गरी सामूहिक आत्महत्याको प्रयास गरेको देखिएको छ। ‘सुसाइड’ नोट लेखेर एकै परिवारका पाँचजनाले आत्महत्याको प्रयास गरेका हुन् । जसमध्ये एकजनाको मृत्यु भएको छ ।
हिजो साँझ एकै परिवारका पाँचजना बेहोस अवस्थामा फेला परेका थिए । उपचार गर्न लाने क्रममा २८ वर्षीय सुवर्णमान प्रधानको मृत्युु भएको छ । उनी हाल उपचाररत् ६३ वर्षीया इन्द्रमाया प्रधानका भतिजा हुन्।
अन्य गम्भीर अवस्थामा उपचाररत् ३८ वर्षीय भीममान प्रधान, उनकी श्रीमती ३३ वर्षीया मन्दिरा प्रधान र उनीहरूकी ११ वर्षीया छोरी सुब्रिना प्रधान छन्।

घटनास्थलबाट प्रहरीले ‘सुसाइड’ नोटसमेत बरामद गरेको छ । जहाँ उनीहरुले पछिल्लो एक साताको दैनिकी लेखेका छन् । आर्थिक संकटमा परेर उनीहरुले आत्महत्या प्रयास गरेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । एसएसपी गिरीले भने,“ सुसाइड नोट अध्ययन गर्छौं । विस्तृत अध्ययनपछि केही खुल्नसक्छ । अहिले धेरैकुरा भन्न मिल्ने अवस्था छैन ।”

त्यो दुई तले घर उद्धव गिरीको हो। दोस्रो तलामा पाँच जनाको परिवार डल्लुबाट भाडामा बस्न गत कात्तिक महिनामा आएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *