काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना सङ्क्रमणबाट क्षति न्यूनीकरण गर्नका लागि सोमबारदेखि फाइजर खोपको दोस्रो मात्रा लगाउन भएको छ । जिल्ला खोप समन्वय समिति काठमाडौँको गत २० माघको निर्णयअनुसार महानगरपालिकाले फाइजरको दोस्रो मात्रा खोप लगाउने गरी ३२ वटा वडैमा व्यवस्था मिलाएको छ ।
शनिबारबाहेक अरू सबै दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ । १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाई तीन हप्ता पूरा भएका विद्यार्थीले दोस्रो डोज खोप लगाउनका लागि पूर्ववत् खोप केन्द्र तोकिएका विद्यालयहरूमा जानुपर्ने महानगरले जनाएको छ ।
काठमाडौं महानगरका ३२ वटै वडामा रहेका निश्चित विद्यालयहरूलाई खोप केन्द्र तोकिएको छ । स्वास्थ्य सुरक्षााको मापदण्ड पूरा गरी खोप लगाउने व्यवस्था गर्न पनि विद्यालयहरूलाई अनुरोध गरिएको छ ।




