ताजा समाचार

कस्तो हुनेछ आजको मौसम ?

काठमाडाैं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसले देशभर आंशिक देखि सामान्य बदली रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसा देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू(भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू(भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।

त्यस्तै आज राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भुभागका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *