ताजा समाचार

कांग्रेस महाधिवेशनः लुम्बिनीमा कँडेल, केसी र खड्का निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश)पदको मतपरिणाम सार्वजनिक भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत गत मङ्सिर २७ गते दुई पदका लागि भएको मतदानको मङ्गलबार राति सार्वजनिक मतपरिणामअनुसार केन्द्रीय सदस्यमा देवेन्द्रराज कँडेल दुई हजार ७२७ तथा चन्द्रबहादुर केसी दुई हजार २६७ मत प्राप्त गरी विजयी भएका छन्।

यस्तै महेन्द्रकुमार शर्माले एक हजार ७७३, लेखनाथ पोखरेलले एक हजार ५२७, प्रदीपराज शर्माले ४२३ र बमबहादुर डिसीले २५२ मत प्राप्त गरेको कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

यसैगरी केन्द्रीय सदस्य ९लुम्बिनी प्रदेश० महिलातर्फ शिला शर्मा खड्का दुई हजार ६७३ मत प्राप्त गरी विजयी भएका छन३ । यस्तै रीता सेन ओलीले एक हजार ४६३ र भगवती काफ्ले ९भण्डारी०ले ४१४ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *