राजनीति

केन्द्रीय सदस्यमा देउवापक्षको विजयी सुरुवात, चित्रलेखाले जितिन्

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत विजयी पहिलो केन्द्रीय सदस्यको घोषणा भएको छ।

शुक्रबार प्रदेश २ बाट एक जना महिला केन्द्रीय सदस्यका लागि गरिएको मतगणनामा चित्रलेखा यादव निर्वाचित भएकी हुन् । सभापति शेरबहादुर देउवा समूहकी यादवले शेखर कोइराला समूहकी गिता यादवलाई ८४६ मतान्तरले पराजित गरेकी हुन् ।

चित्रलेखाले २७३१ मत पाएकी छन् भने चौधरीले १८८५ मत ल्याएकी छन् । यसअघि नै प्रदेश २ को भूगोलतर्फ पुरुषमा देउवा पक्षका आनन्द ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *