समाचार

काङ्ग्रेसमा पुस्तान्तरण भयो, अब वैचारिक रूपान्तरणको खाँचो छ : प्रदीप पौडेल

काठमाडौं।नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित प्रदीप पौडेलले पार्टीमा पुस्तान्तरण भएको बताएका छन् । मतपरिणामपछि काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले पार्टीमा पुस्तान्तरण भएको र अब वैचारिक रूपान्तरणको खाँचो रहेको उल्लेख गरे ।

काङ्ग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भए । थापा भने प्रतिस्पर्धामा चौथो बने । थापा शेखर कोइराला प्यानल र शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा लडेका थिए । पौडेल भने शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा उठेका थिए ।

‘गगनजी र विश्वजी महामन्त्रीमा विजयी हुनुभएको छ, म उहाँहरूलाई बधाई दिन चाहन्छु’, उनले भने, ‘नेपाली काङ्ग्रेमा पुस्तान्तरण भएको छ । अब वैचारिक रूपान्तरणको निम्ति साथीहरूले नेतृत्व गर्नुहुन्छ भन्ने विश्वास छ ।’

यस्तै, उनले लोकतान्त्रिक पद्धतिअनुसार निर्वाचन लड्दा जित–हार स्वाभाविक रहेको बताए । उनले महामन्त्रीद्वय थापा र शर्मालाई सघाउने बताए । ‘मतदानको विधिबाट उहाँहरू विजयी हुनुभयो । म उहाँहरूलाई सहयोग गर्ने, पार्टीलाई सुदृढ बनाउने र आगामी दिनमा सघाउँछु ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *