समाचार

सभामुखलाई केपी ओलीको चेतावनी

काठमाडौँ ।प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदहरूलाई धम्की नदिन सभामुख अग्निप्रसाद सापकोटालाई चेतावनी दिएका छन् ।

संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले संसदमा आफ्नो पार्टीका सांसदहरूले विरोध जनाउँदा सभामुखले नियमावली आकर्षित हुन्छ भनेकोप्रति आपत्ति जनाउँदै एमाले सांसदहरूलाई धम्की दिए परिणाम नराम्रो हुनेसमेत बताए । अध्यक्ष ओलीले धम्की दिने जमाना गएको भन्दै नाङ्लो ठटाएर हात्ती तर्साउन नखोज्न पनि सभामुख सापकोटालाई सचेत गराए ।

‘धम्की दिने जमाना थियो होला, अब नदिए हुन्छ,’ ओलीले भने, ‘नाङ्लो ठटाएर हात्ती तर्साउनु पर्दैन । कारबाही गर्छु, नियमावली आकर्षित हुन्छ भन्नेहरूलाई, म आवेग, उत्तेजनामा नआउन सुझाव दिन्छु ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *