राजनीति

कांग्रेस सभापति निर्वाचन– ७७ मत बदर

काठमाडौं । नेपाली कांग्रेसको सभापति निर्वाचनमा ७७ मत बदर भएको छ । कागजी मतदानमा ७७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

कुल ४६८१ मत खसेकोमा ७७ मत बदर भएको मिडिया सेन्टरका सुरेश आचार्यले बताए । दोस्रो चरणको मतदान आजै हुने उनले जानकारी दिए ।

देउवाले कुल मतको ४८ दशमलब २३ प्रतिशत मत प्राप्त गरेका छन् । जित्नका लागि ५० प्रतिशत मत कटाउनुपर्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *