काठमाडौँ ।सभापतिका उम्मेदवार शेरबहादुर देउवाले काङ्ग्रेसलाई उच्च मनोबलका साथ निर्वाचनमा लैजाने बताएका छन् । आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीसमेत रहेका देउवाले सो कुरा बताएका हुन् ।
उनले भने, ‘एमाले अध्यक्ष केपी शर्मा ओली अहिले पनि सत्ता कब्जा गर्ने प्रयासमा लागिरहेका छन् । त्यसैले पनि काङ्ग्रेसलाई बलियो बनाउनुपर्नेछ । त्यसका लागि पनि तपाई फेरि एक एकट मलाई सभापतिमा जिताउनुस् । म पार्टी सभापति बने तीन तहको निर्वाचन जिताउनेछु । प्रधानमन्त्रीका रुपमा स्वतन्त्र, निष्पक्ष निर्वाचन गराउँछु । काङ्ग्रेसलाई पुरानै अवस्थामा पुर्याउँछु।’




