राजनीति

एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै भीम रावल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्ने भएका छन् । आइतबार दिउँसो रिपोर्टस क्लबमा विशेष पत्रकार सम्मेलन गरेर रावलले एमालेको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्न लागेका हुन् ।

वर्तमान अध्यक्ष केपी शर्मा ओली पुनः सर्वसम्मत अध्यक्ष बन्ने चर्चा चलिरहेको समयमा रावलले उम्मेदवारी घोषणा गर्न लागेका हुन् । एमालेको १०औं महाधिवेशन आगामी मंसिर १०–१२ सम्म चितवनमा हुने तय भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *