ताजा समाचार

आज कहाँ-कहाँ वर्षाकाे सम्भावना ?


काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिलो बिहान देशको पहाडी भू(भागमा आंशिक बदली र बाँकी भू(भागमा सामान्यतया सफा रहेको छ ।
त्यस्तै आज दिउँसो देशको पहाडी भु(भागमा आंशिक देखि सामान्य बदली र तराईका भु(भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ। देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राती देशको पहाडी भु(भागमा आंशिक देखि सामान्य बदली र तराईका भु(भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ। उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशखाले जानकारी दिएको छ।

देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *