समाचार

मौसम पुर्वानुमान : यी स्थानमा आशिंक तथा पुर्ण बदली हुने

काठमाडै । देशमा हाल मनसुन सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ ।

यस्तै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

यस्तै महाशाखाले आज दिउँसो कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने बताएको छ ।

बाँकी भूभागहरूमा सामान्यदेखि पूर्ण बदली रहने महाशाखाको जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी राति देशका अधिकांश भूभागहरूमा सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ का एक दुई स्थानमा चाहिँ मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *