समाचार

अक्सिजन कम भएपछि धापासीको ग्राण्डी अस्पतालले नयां बिरामी भर्ना गर्न नसक्ने घोषणा

काठमाडौं । धापासीस्थित ग्राण्डी अस्पतालले बिरामी भर्ना गराउन नसक्ने घोषणा गरेको छ । सरकारले दैनिक १०० सिलिन्डर अक्सिजन दिने गरेको जानकारी दिँदै अस्पतालले यसै कारण थप बिरामी भर्ना लिन नसक्ने बताएको हो ।

एक सूचना जारी गर्दै ग्राण्डी अस्पतालले कोरोना संक्रमितको उपचारमा अक्सिजनको मागअनुसर आपूर्ति हुन नसकेकोले नयाँ बिरामी भर्ना गर्न नसकिने अवस्था आएको बताएको हो ।

आवश्यकताअनुसार अक्सिजन उपलब्ध भएपछि मात्रै थप बिरामी भर्ना गर्न सकिने सूचनामा उल्लेख छ ।
सुचना हर्नुहोस्

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *