काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम केहि दिन देखि घटिरहेको छ । दिउँसो दिन सफा रहेपनि बिहान बेलुका चिसो महसुस गरिएको छ । काठमाडौंको आजको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको हो ।
दिउँसो मौसम सफा रहने अधिकतम तापक्रम १९ डिग्री सेल्यिससम्म पुग्ने मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।
हाल देशमा कुनै उल्लेखनीय प्रणालीको प्रभाव नरहेकोले वर्षाको तत्काल सम्भावना नभएको मौसमविद् श्रेष्ठले जानकारी दिए ।
आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
आज राती प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशको भू–भागमा आंशिक बदली रहेहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमापातको संभावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका एक रदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू(भागहरुमा बिहानीपख हुस्सु्रकुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।




