ताजा समाचार

चौरसियाको हत्यारालाई कारवाही गर्न प्रचण्डको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्सा पार्टी जिल्ला सदस्य मुकेश चौरसियाको हत्यामा संलग्नलाई तत्काल कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । अध्यक्ष दाहालले आइतबार एक विज्ञप्ति जारी गर्दै दोषी जोसुकै भए पनि कारबाही गर्न माग गरेका हुन् ।
यही कात्तिक ६ गते पर्सा, विन्दवासिनी गाउँपालिका पार्टी कमिटीको शपथ ग्रहण कार्यक्रममा नेकपा पर्सा जिल्ला समिति सदस्य तथा गाउँपालिका सचिव चौरसियाको हत्या भएको थियो । अध्यक्ष दाहालले चौरसियालाई शहीद घोषणा गर्न तथा हत्यारालाई कारवाही गर्न माग गर्दै पार्टी जिल्ला कमिटीका इञ्चार्ज, अध्यक्ष र सचिवका तर्फबाट जारी वक्तव्यको समर्थनसमेत गरेका छन् ।
‘हत्या जस्तो जघन्य अपराध हुँदासमेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ’, अध्यक्ष दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘म केन्द्र सरकारलाई अविलम्ब दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै मृतकप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारजनमा समवेदना प्रकट गर्दछु ।’सो प्रकरणमा मातृका यादव लगायतका नेकपाका नेताहरुले दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै पर्सामा धर्ना बसेका थिए ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *