लखनउ । भारत उत्तर प्रदेशमा एक पतिले आफ्नै पत्नीकाे हत्या गरी टाउकाे लिएर आफै पुलिस चाैकि पुगेकाे खबर बाहिर आएकाे छ ।
शनिवार एक पुरुषले घरेलु झगडामा आफ्नी पत्नीकाे हत्या गरेका छन्। ती व्यक्तीको नाम अखिलेश रावत रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उत्तर प्रदेशकाे बाराबंकी जिल्लाको जहांगीराबाद थाना क्षेत्रको बहादुरपुर गाउका ति युवकले आफ्नी पत्नीको टाउको काटेर आफै पुलिस चौकी पुगेको थिए । उनको हातमा पत्नीको काटिएको टाउको थियो जुन प्रहरीले निक्कै मुश्किलले उनको हातबाट छुट्टाएका थिए ।
उनीहरुको तीन वषै अघि विवाह भएको थियो भने ६ महिनाकि छोरी समेत छिन् ।
टाउको लिएर उनी ‘भारत माता की जय’ को नारा लगाउँदै प्रहरी चौकी पुगेका थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । स्थानीयले हत्यारा पति र उनकी पत्नीबीच झगडा भएको देखेको बताएका छन् ।
स्थानीयका अनुसार उनीहरुबीचको झगडा धेरैपटक मेलमिलाप गरिएको थियो । तर शनिबार भने ती मानिसले आफ्नी श्रीमतीलाई कुटपिट गर्दै घर भित्र लगे र धारिलो हतियारले घाँटी काटिदिए र आफै पुलिस चाैकी पुगे।




