काठमडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सरकारी निवास अघिको दृश्य । संसद सचिवालयले उनीमाथिको महाअभियोग निस्प्रभावी भनेर पत्र पठाएपछि सर्वोच्च अदालत जाने तयारी गरेपछि सुरक्षाकर्मीको संख्या बढाइएको थियो ।
तर पछि माथीबाटै आदेश आएपछि प्रहरीहरू हटेका हुन् । सर्वोच्चमा चोलेन्द्रलाई रोक्ने गरी कानुन व्यवसायीहरूले पूर्ण तयारी गरिरहँदा बालुवाटारस्थित घर अगाडि भने पुरै सुनसान छ ।









