काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरा पुगेका छन्।
आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि देउवा डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवार छन्। आज डडेलधुरामा रहेको आमसभालाई संबोधन गर्न देउवा त्यहाँ पुगेका हुन । । प्रधानमन्त्री देउवा बुधबार काठमाडौंबाट धनगढी पुगेका थिए ।
देउवाले कात्तिक २० गतेसम्म डडेल्धुराका विभिन्न ठाउँमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रमको तालिका तय भएको छ ।












