मनोरञ्जन

बक्स अफिसमा राम नाम सत्य र पहाडको कस्तो छ कमाई ?

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बैशाख ५ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार राम नाम सत्यले बक्स अफिसमा राम्रो कमाई गरेको छ ।

राम नाम सत्यले २ करोड ७८ लाख १८ हजार ८४१ कमाई गरेको छ । राम नाम सत्यको अहिलेसम्म कुल ९७ हजार २०५ टिकट विक्री भएको छ । राम नाम सत्य चैत्र २७ गतेदेखि प्रदर्शनमा आएको थियो ।

त्यस्तै बैशाख १ गतेदेखि प्रदर्शनमा आएको तुलसी घिमिरेको फिल्म पहाडले ४६ लाख ७६ हजार ६३७ कमाई गरेको छ । पहाडको कुल १४ हजार ३१८ टिकट बिक्री भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *