मनोरञ्जन

मिसेस ब्यूटी क्वीन नेपाल २०२१ को अडिसनबाट २१ सुन्दरीको छनौट

काठमाडौं। सिजन मिडियाद्वारा आयोजित बिबाहित महिलाहरुमा केन्द्रित “ लेट मि इन मिसेस ब्यूटी क्वीन नेपाल २०२१” चौथो संकरणको अडिसन शनिवार सम्पन्न भएको छ। बिबाहित महिलाहरुले प्रतिस्पर्धा गर्ने यो प्रतियोगितालाई सिजन मिडियाले निरन्तरता दिँदै चौथो संस्करणका लागि तयारी पूरा भएको सिजन मिडियाका कार्यक्रम निर्देशक रोजिना तुलाधरले बताइन्।

उनले भनिन्, ‘महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरि सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज एउटा सक्षम महिला र जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रम आयोजना गर्दै आइरहेका छौं।’

विगत एघार वर्षदेखि काठमाडौंमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न सामाजिक सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले विगत ४ वर्षदेखि निरन्तर रुपमा यो प्रतियोगितात्मक कार्यक्रम गर्दै आएको छ।

चौथो संस्करणका लागि अडिसनवाट २१ प्रतियोगी छनौट गरिएको छ। उक्त छनौट कार्यक्रममा निर्णायकको भूमिकामा अफिसिल अन्तराष्ट्रिय कोरीयोग्राफर रोजिन शाक्य ,मोडल तथा जुम्वा प्रशिक्षक सोनाम केसी र मिसेस ब्यूटी क्वीन नेपाल २०१९की विजेता शान्ति लिम्वु र सिजन मिडियाका अध्यक्ष ताथ फोटोपत्रकार प्रदीपराज वन्त रहेका थिए।

छनौट भएका २१ प्रतियोगीहरुलाई माघ १८ गते आइतवारवाट प्रशिक्षण दिइनेछ। सो क्रममा शारारीरिक फिटनेश, जुम्वा, एरोविक्स, सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसन, टेवल म्यानर, व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ। हिड्न वोल्न साथै प्रश्न उत्तर सिकाइने छ।

विभिन्न सामाजिक संस्थाहरुको बारेमा अन्तरक्रिया तथा जानकारी प्रदान गरिनेछ। स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विधामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नेछिन्।

नेपालका विभिन्न कलाकार, पत्रकार ,मानवअधिकारकर्मी, समाज सेवी तथा विशिष्ट व्यक्तिहरुसंग अन्तरक्रिया कार्यक्रम साथै आन्तरिक प्रतिभा तथा प्रतियोगीतात्मक कार्यक्रमहरु संन्चालन गरिने छ।

यो कार्यक्रम आगामी फागुनको दोस्रो साता सम्पर्न हुनेछ। कार्यक्रममा सहभागी भएर प्रथम हुनेलाई लेट मि इन मिसेज व्यूटी क्वीन नेपाल २०२१ को ताजसहित फ्रिज तथा सिंगापुर भ्रमणका लागि हवाइ टिकट प्रदान गरिने छ भने फष्ट रनरअप र सेकेन्ड रनरअपलाई पनि क्रमशः टिभि ,भ्याकुम र सिंगापुर भ्रमणका लागि हवाई टिकट प्रदान गरिने छ।

तीन जना विजेतालाई लेट मिइनको तर्फवाट ५० हजार वरावरको गिफ्ट भौचर प्रदान गरिने छ। यस बाहेक अन्य विभिन्न १७ विधामा पनि उपविजेता छनौट गरिनेछ। विजेताहरुलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइने छ।