काठमाडौं । नेपाली कथानक चलचित्र ‘आमा’ युट्युबमा रिलिज भएको छ । बुढा सुब्बा डिजिटलको युट्युब च्यानलबाट चलचित्र शुक्रबार युट्युबमा रिलिज भएको हो ।
दीपेन्द्र के खनालको कथा तथा निर्देशन रहेको चलचित्रमा सुरक्षा पन्त र मिथिला शर्मा मुख्य भूमिकामा छन् । डीएस डिजिटलको प्रस्तुती चलचित्र ‘आमा’मा शर्मिला पाण्डेको लगानी रहेको थियो ।




