मनोरञ्जन

स्मिता दाहालको ‘तिम्रो साथले’ सार्वजनिक

काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहाल र गायक मनमोहन थपलियाको स्वर रहेकाे ‘तिम्रो साथले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

किरण कँडेलको शब्द रहेको उक्त गीतमा गायक थपलियाकै संगीत रहेको छ । प्रेमिल गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल राशी सुवेदीको अभिनय रहेको छ । भिडियोमा निकेश खड्काले निर्देशन गरेका छन् ।