काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल तथा मिडियामा भाइरल भएका पब्लिक स्पिकर रमेश प्रसाईको बिहे हुने भएको छ । आगामी मंसिर २२ गते रमेश र नन्दा सिंहबीच बिहे हुन लागेको हो ।
प्रसाईले कालिकोटकी नन्दा सिंहसँगको तीन वर्षदेखिको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न लागेका हुन् ।
यतिबेला प्रसाईले गाएको ‘रिंकेबुङको राँगो’ बोलको गीत बजारमा निकै नै चर्चामा छ । सुरेश गन्धर्वले गाएको पुरानो लोकगीतलाई रमेशले नयाँ भर्सनमा निकालेका हुन् । समाजसेवामा आबद्ध नन्दा र प्रसाईबीच धरानमा सामान्य तरिकाले विवाह हुने भएको छ ।




