मुम्बई । अभिनेता अक्षय कुमार पछिल्लो समय चर्चामा छन् । वर्षमा धेरै कमाई गर्ने अभिनेता मात्र होइन, बढी हिट सिनेमा दिनेमा पनि उनी अगाडि नै छन् । त्यसैले उनी अनुबन्धित सिनेमा चर्चामा आउने गर्छन् ।
हालै रिलिज भएको ‘लक्ष्मी’ डुबे पनि उनी एक दर्जन नयाँ सिनेमामा व्यस्त छन् । अक्षय कुमारको प्रतिक्षित फिल्म ‘बच्चन पाण्डे’ मा ज्याकलिन फर्नान्डेज पनि मुख्य भूमिकामा रहने भएकी छन् । साथै, अरशद वारसी र कृति सेननको जोडी पनि रहने भएको छ ।
फरहाद साम्जीले निर्देशन गर्ने फिल्मको सुटिंग आगामी वर्षको जनवरी ६ देखि थालिनेछ । साजीद नाडियाडवालाको लगानी रहेको छ ।




