काठमाडौं । नौ महिना बितिसक्यो नेपाली चलचित्रको गतिविधि ठप्प भएको । कोरोना भाइरस महामारीले कहिले सिने क्षेत्र खुल्ने भन्ने टुंगो छैन, तर निर्माता निर्देशकले कलाकारलाई पहिले अनुबन्ध र हटाउने क्रम सुरु हुन थालेको छ ।
यसैक्रममा चलचित्र ‘रेड वाइन’बाट अभिनेता पल शाह आउट भएका छन् । उनको स्थानमा अर्का अभिनेता पुष्प खड्कालाई अनुबन्ध गरिएको छ । चलचित्रको सुटिङ अमेरिकामा गर्ने प्रचार गरिएको थियो । चलचित्रमा पल शाह र साम्राज्ञी शाहको जोडी रहने जनाइएको थियो । अब साम्राज्ञीको जोडीको रूपमा पुष्प खड्का आएका छन् । यस विषयलाई पुष्पले पुष्टि गरेका छन् । पुष्प–साम्राज्ञी अभिनित चलचित्र ‘मारुनी’ निकै हिट भएको थियो ।
अनावश्यक रूपमा चलचित्रको स्क्रिप्ट परिवर्तन गर्न निर्माण पक्षलाई दबाब दिएपछि पल शाहलाई आउट गरिएको बुझिएको छ । ‘रेड वाइन’ को निर्देशन रमेश एम के पौडेलले गर्ने भएका छन् ।




