मनोरञ्जन

नेपाली कलाकारितामा ‘करिअर’ खोज्दै रमिता

काठमाडौ । सांगीतिक दुनियाँमा फराकिलो बन्दै गरेको परिचय गायिका रमिता भण्डारी एकपछि अर्को ‘बिजनेस’ । एकछिन फुर्सद छैन । समय व्यवस्थापन गर्ने कला त्यत्तिकै लोभलाग्दो ।

गायिकामात्रै भनियो भने उनको परिचय अधुरो हुन्छ । उनी मोडल पनि हुन् । उनले नेपालमा मात्रै होइन, सिंगापुर, हङकङ, मलेसिया र भारतमा समेत ‘क्याटवाक’ गरिसकेकी छन् । सन् २००२ मा आयोजित ‘अल नेपाल ट्यालेन्ट कम्पिटिसन’ मा ‘बेस्ट मोडेल’ उपाधि पाएकी उनले ६ ‘ट्यालेन्ट शो’ मा उत्कृष्ट अभिनय गरेको भन्दै विजयी भएकी थिइन् ।

दर्जनौं म्युजिक भिडिओ, टेलविज्ञापन र र्याम्प शोमा अभिनय गरिसकेकी भण्डारी कुशल कोरियोग्राफर पनि हुन् । ‘इभेन्ट अर्गनाइजर’ को परिचयसमेत बनाएकी उनले समय–समयमा इभेन्ट शो गर्न भ्याएकै छिन् । ‘फेसन शो’ मा कोरिग्राफरको भूमिका निर्वाह गर्न सकेकै छिन् ।

निकट भविष्यमा तेस्रो ‘सोलो एल्बम’ तयारीमा रहेकी उनको केही समयअघि सार्वजनिक ‘के यो माया हो ?’ म्युजिक भिडियो सर्वाधिक चर्चामा छ । गायक जोहेब मानन्धरसँग सामूहिक गीत गाएकी उनी स्वयम्ले अभिनयसमेत गरेकी छन् ।स्रोत : इन्स्टाग्राम

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *