काठमाडौं।साउथ इन्डियन चलचित्र अभिनेत्री रश्मिका मन्दानालाई गुगलले २०२० को भारतकी राष्ट्रिय क्रसको उपाधि दिएको छ । अब, गुगलमा ‘नेशनल क्रस अफ इन्डिया’ भनेर सर्च गरियो भने अभिनेत्री रश्मिका मन्दानाको नाम आउने छ ।
उनको जन्म सन् १९९६ अप्रिल ५ मा कर्नाटकको विराजपेटमा भएको थियो । उनले सन् २०१६ मा रिलिज भएको चलचित्र ‘किरिक पार्टी’ बाट चलचित्रबाट डेब्यू गरेकी हुन् । पहिलो चलचित्रबाटै चर्चा कमाएकी उनले त्यसलगतै अन्य दुई ठूला चलचित्र ‘अन्जनी पुत्र’ र ‘चमक’ मा काम गर्ने मौका पाइन् ।




