मनोरञ्जन

नयाँ सिनेमा ‘बोक्सीको घर’ मा केकी अधिकारीको डरलाग्दो रूप

काठमाडौं । केकी अधिकारी भन्नेवित्तिकै सुन्दर, चटपटे अभिनेत्री बुझिन्छ । अधिकांश दर्शकले केकीलाई कुशल अभिनय र लभस्टोरी चलचित्रका लागि भनेर चिन्ने गर्छन् । तर, अब उनै केकी डरलाग्दो भूमिकामा देखिने भएका छन् ।

यसअघि ‘कोहलपुर एक्सप्रेस’ सिनेमा निर्माण गरेकी केकीले अब ‘बोक्सीको घर’ नामक नयाँ चलचित्र बनाउने भएकी छन् । चलचित्रको फस्ट लूक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ । सामाजिक कथावस्तुमा आधारित यो चलचित्रमा बद्री अधिकारीको निर्माण रहनेछ । बद्री केकीका बाबु हुन् ।

सुलक्षण भारतीको लेखन तथा निर्देशनमा ‘बोक्सीको घर’ नाटक २०७३ साउन र भदौ महिनामा मण्डला थिएटरमा मञ्चन गरिएको थियो । चलचित्रलाई सुव्रतराज आचार्य र सुलक्षण भारतीले संयुक्त रुपमा निर्देशन गर्ने भएका छन् । ‘बोक्सीको घर’ गौरव पहारी र केकी अधिकारीको शीर्ष भूमिका रहने जनाइएको छ । अन्य कलाकारको खोजीकार्य जारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *