काठमाडौँ। घरमा ड्रग्स भेटिएपछि पक्राउ परेका भारतीय कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचिया जमानतमा छुटेका छन्।
घरमा ८६.५ ग्राम गाँजा भेटिएपछि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले शनिबार उनीहरूलाई मुम्बईस्थित घरबाटै पक्राउ गरेको थियो।
अदालतले उक्त जोडीलाई ४ डिसेम्बरसम्मलाई न्यायिक हिरासतमा पठाएको थियो। भारतीलाई कल्याण जेल र हर्षलाई टलोजा जेलमा राखिएको थियो।
भारतीको जोडीले अदालतमा जमानत याचिका दाखिल गरेका थिए। त्यही याचिका माथि सुनुवाइ गर्दै अदालतले जमानतमा छाड्ने आदेश दिएको हो।




