काठमाडौँ । गायक प्रकाश सपुत र नायिका केकी अधिकारी अभिनित ‘कर्कलो’ बोलको नयाँ लोकदोहाेरी गीत सार्वजनिक भएको छ ।
गीतकार विजय दर्पणको शब्द रहेको गीतमा योगेशकाजीले संगीत भरेका छन् । विष्णु माझी र बाबुकृष्ण परियारको स्वरमा रहेको गीतमा निश्चल गुरुङ, सुरज लामिछाने, ज्ञानु परियार र जमुना सोनामको कोरस स्वर रहेको छ ।
यस्तै, राजकुमार मगरको निर्देशन तथा सम्पादनमा तयार भएको म्युजिक भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका हुन् भने राजिव समरको कोरियोग्राफी रहेको छ ।




