बलिउड अभिनेत्री ऋचा चड्डालाई ‘भारत रत्न डा. अम्बेडकर’ बाट सम्मानित गरिएको छ । भारतको चलचित्र क्षेत्रमा पुर्याएको योगदानका लागि उनलाई यो अवार्ड प्रदान गरिएको हो ।
राजभवनमा आयोजित कार्यक्रममा महाराष्ट्र गभर्नर भगतसिंह कोश्यारी मार्फत प्रदान गरिएको हो । कार्यक्रममा २५ जना मात्रै उपस्थित थिए ।
अवार्ड पाएपछि ऋचाले भनिन्, “म निकै हर्षित छु र यो सम्मान मेरो मनको नजिक छ । एक त्यस्तो कलाकार जसको कोही गडफादर छैन, उसको लागि हरेक उपलब्धि मूल्यवान र मिहिनेतको कमाइ हुन्छ । यो अवार्डले फेरि एकपटक मेरो सपना प्रति विश्वास बढाउँछ ।”
यो अवार्डले भविष्यमा अझै राम्रो काम गर्न प्रोत्साहित गरेको पनि बताइन् ।




