मनोरञ्जन

नाजिर र उषाको ‘जवानी ताजा ताजा छ’ (भिडियो)

काठमाडौँ । गायक यम बराल र गायिका उर्मिला लाम्गादेको स्वरमा ‘जवानी ताजा ताजा छ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

आनन्द अधिकारीको शब्दमा तयार भएको गीतमा शिखर सन्तोषले संगीत भरेका छन् भने संगीत संयोजन मोहित मुनालको रहेको छ ।

सुदीप बरालले निर्देशन गरेको म्युजिक भिडियोमा नायक नाजिर हुसेन र मोडल उषा उप्रेती फिचर्ड छन् । रविन्द्र न्यौपानेको छायाँकन रहेको भिडियोलाई टेकेन्द्र शाहको सम्पादन गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *