काठमाडौं । अष्ट महर्जनको निर्देशन रहेको फिल्म ‘गुञ्जन’को फस्ट लुक सार्वजनिक भएको छ । तिहारको अवसर पारेर निर्माण युनिटले फिल्मको एक प्रेममय पोस्टर फस्ट लुकको रुपमा सार्वजनिक गरेको हो ।
सार्वजनिक फष्टलुकमा फिल्मका अभिनेता प्रिमतराज सेन्चुरी र अभिनेत्री सारा सिरपाइलीको रोमान्टिक देख्न सकिन्छ । विगत दुई दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आएका अष्टको निर्देशनमा यो डेब्यु फिल्म हो । आफुले फिल्म क्षेत्रबाट सिकेको, जानेको सबै ‘गुञ्जन’मा खन्याएको अष्टले बताए ।
विुद्ध प्रेमकथाको बिषयमा बनेको फिल्ममा सारा र प्रितमराजको अलवा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङ्तान, कञ्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेलगायतका कलाकारको अभिनय रहेको छ । प्रितमराजले यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् ।
हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्ममा अभिनेत्री नीता ढुङ्गानाको आकर्षक आइटम डान्स समेत रहेको छ । उनले ‘कोही भन्छन् रसिली छु रे’ बोलको गीतमा आइटम नृत्य गरेकी छन् ।
राजु श्रेष्ठको छायाँकन, विपीन मल्लको सम्पादन, कविराज गहतराजको नृत्य र कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत रहेको फिल्मको काठमाडौं, पोखरा, जोमसोममा छायाँकन भएको छ ।




