मनोरञ्जन

चलचित्र सुटिङ र हल सञ्चालनको अनुमति दिन निर्माता संघको सरकारसँग माग

काठमाडौं । चलचित्र निर्माता संघले सिनेमा सुटिङको अनुमति दिन सरकारसँग माग गरेको छ । विगत नौ महिनादेखि सिनेमा निर्माणको काम ठप्प छ । जसका कारण हजारौंको रोजगारी गुमेको छ भने चलचित्र उद्योगलाई करोडौं रुपैयाँ घाटा लागेको छ ।

त्यसैले चलचित्र निर्माता संघले तिहारलगत्तै चलचित्र सुटिङको अनुमति दिन सरकारलाई आग्रह गरेको हो । संघले कोरोना संक्रमणको जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर काम गर्ने भन्दै हल खोल्ने अनुमति दिन पनि माग गरेको छ ।

संघका महासचिव रोज राणाले अन्य क्षेत्रहरु खुला भए पनि चलचित्र क्षेत्र अझैसम्म बन्द हुँदा निकै अप्ठेरो अवस्था सिर्जना भएको बताए । चलचत्रि क्षेत्र बन्द हुँदा प्रत्यक्ष रुपमा ३५ हजार र यसक्षेत्रमा आश्रीत एक लाख ७५ हजार बढी व्यक्ति बेरोजगार बनेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *