मनोरञ्जन

गायक प्रमोद खरेलकाे गीत ‘नीरमाया’ सार्वजनिक

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्तरा उपाध्यायको स्वरमा रहेको गीत ‘नीरमाया’को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द संगीत तुंग नेपालको रहेको छ भने यस गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन्।

युवा–युवतीबीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा पुष्प खड्का र गरिमा शर्माको अभिनय देख्न सकिन्छ।

शुभम् भुजेलले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायाकन गरेका हुन्। भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ। निकाश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *