मनोरञ्जन

‘माया यस्तो’ सार्वजनिक (भिडियो)

काठमाडौं । चर्चित गीतकार दर्पण राईको पछिल्लो गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘माया यस्तो बनोस् हाम्रो’ बोल गीतको भिडियो दर्शक तथा श्रोताका लागि जति प्रतिक्षित थियो, त्यति नै गीतकार दर्पणका लागि पनि ।

यस भिडियोलाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् । उनले यस गीतको भिडियोलाई एउटा छोटो फिल्मको रुपमा प्रस्तुत गरेका छन् । नेपाली फिल्मी क्षेत्रमा उज्वल सम्भावना बोकेकी प्रशंसा र गीतकार दर्पणलाई निर्देशक चाम्सले भिडियोमा उत्कृस्ट काम गराएका छन् ।

मोडल तथा गायिका सम्झना राई र संगीतकार समेत रहेका गायक विक्रम राईले गाएको ‘माया यस्तो बनोस् हाम्रो’ गीतलाई दर्पणले नै लेखेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *