मनोरञ्जन

शाहरुख, दीपिकाको फिल्म पठानको रिलिज डेट सार्वजनिक

काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खानले लामो समयदेखि फिल्ममा काम गरेका छैनन् । तर नोभेम्बरमा उनी पठान फिल्मको शूटिङ गर्ने भएका छन् ।

यो फिल्ममा उनको साथमा जोन अब्राहम र दीपिका पादुकोण पनि छिन् ।पहिला शाहरुखको सोलो भाग शूटिङ गरिनेछ । जोन र दीपिका भने अर्को वर्षमा शूटिङ गर्नेछन् ।

वारका निर्देशक सिद्धार्थ आनन्दले यसलाई निर्देशन गर्ने भएका छन् । पठानमा पनि जबरजस्त एक्शन देखिनेछ ।यो फिल्मको रिलिज डेट आउँदो वर्ष (२०२१) को तिहारमा हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *