मनोरञ्जन

रामकृष्ण ढकालको नयाँ गीत ‘अधर’ सार्वजनिक

काठमाडौं। लोकप्रिय गायक रामकृष्ण ढकालको नयाँ गीत अधर सार्वजनिक गरिएको छ । बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदी (दुबसु) को नयाँ गीतमा शिखर शन्तोषले संगीत भरेका छन् ।

बेलायतमा बसेर पत्रकारितासँगै निर्देशनमा पनि अब्बल देखिएका निर्देशक कुशल श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा प्रायः बलिउड, हलिउड चलचित्रमा देखिने लण्डनका दृश्यहरु ट्राफलगर स्क्वायर, अक्सफोर्ड स्ट्रिट, ओटु एरिना लगायतका स्थानहरु यस भिडियोमा देख्न सकिन्छ ।

निर्देशक श्रेष्ठकै छायांकन र सम्पादन रहेको भिडियोमा विष्णु खरेल र रोश्ना कार्कीको अभिनय रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *