मुख्य समाचार

स्वास्थ्य बिमा सुविधाको दायरा पाँच लाख पुर्‍याउनुपर्छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रममा सुविधाको दायरा पाँच लाख रुपैयाँ पुर्‍याउन प्रस्ताव गरेका छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनलाई संम्बोधन गर्दै मन्त्री पौडेलले अनौपचारिक क्षेत्रलाई समेत समेटेर सामाजिक सुरक्षाका सबै कार्यक्रमलाई बिमामा समेट्ने गरी प्रक्रिया अघि बढाउने प्रस्ताव ल्याएका हुन् । बिमालाई प्रभावकारी बनाउन प्रेषण प्रणाली सहज बनाइने उनको भनाइ छ ।

निरोगी नेपाल अभियान बनाउने योजनाका साथ अघि बढेका स्वास्थ्यमन्त्री पौडेले आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कार्यक्रम र निस्शुल्क उपचारका सबै कार्यक्रमलाई स्वास्थ्य कर कोषमा एकीकृत गरेर बिमामा जोड्ने बताएका छन् ।राजनीतिक समिकरण परिवर्तन भएपछि स्वास्थ्यमन्त्री बनेका पौडेलले स्वास्थ्य क्षेत्रमा देखिका समस्या समाधानका लागि उल्लेखनीय काम गर्दै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *