काठमाडौं।चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले भक्तपुरको दुवाकोटमा निर्माणधिन वीर अस्पतालको निर्माण कार्यलाई दु्रत रुपमा अघि बढाउन आग्रह गरेका छन ।
वीर अस्पतालको १३३ औं स्थापना दिवसको अवसरमा आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमा नगर प्रमुख खत्रीले वीर अस्पतालको निर्माण कार्य चाडो सकेर दुवाकोटबाट सेवा सुचारु गर्न आग्रह गरेका हुन ।
वीर अस्पाताल निर्माणका क्रममा नगरपालिकाका समन्वय र सहयोग गर्न पनि तत्पर रहेको उनले बताए । नागरिकको मौलिक हकको रुपमा रहेको स्वास्थ्य सेवा प्रभावकारी बनाउन नगरपालिका प्रतिवद्ध रहेको उनले सुनाए ।




