काठमाडौं । सरकार र मेडिकल कलेज सञ्चालकबीच पाँच बुँदे सहमति भएको छ ।
एमबीबीएस अध्ययनरत विद्यार्थीले केएमसी र नोबेल मेडिकल कलेजले चर्को शुल्क असुलेको भन्दै गरिरहेको आन्दोलनका बारेमा छलफल गर्न शिक्षा मन्त्रालयले सर्वपक्षीय बैठक गरेको थियो ।
चिकित्सा शिक्षा आयोग, मेडिकल कलेज सञ्चालक, विद्यार्थी र अभिभावकसहितको बैठकले पाँच बुँदे सहमति गरेको हो । सहमतिअनुसार चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढि लिन नपाइने उल्लेख छ ।





