शिक्षा / स्वास्थ्य

सङ्घीय संसद्का १५ कर्मचारीलाई कोरोना सङ्क्रमण

काठमाडौँ । सङ्घीय संसद्का १५ जना कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार बुधवार गरिएको पीसिआर परीक्षणमा १५ कर्मचारीलाई सङ्क्रमण पुष्टि भएको हो । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *