मुख्य समाचार

शुक्रबार २५५९ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घन्टामा २ हजार ५ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । ८ हजार ७ सय ९८ जनाको पिसिआर र ८ सय ६६ जनाको एन्टिजिनको परीक्षण गर्दा १४२६ पुरुष र १०२३ महिलामा संक्रमित फेला परेको हो् । पछिल्लो २४ घन्टामा ४ सय १० संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा ७६०, भक्तपुरमा ७४ र ललितपुरमा १०६ जना संक्रमित थपिएका छन् । त्यसबाहेक प्रदेश १ को मोरङमा ७४, गण्डकी प्रदेशको ६७, दाङमा ७९, बर्दियामा ३९, बाँकेमा ३५४, रुपन्देहीमा २२१ जना नयाँ संक्रमित थपिएका छन् । यसैगरी सुर्खेतमा ९१ र कैलालीमा ७२ जना संक्रमित थपिएका छन् ।

संक्रमणबाट आज ६ जनाले ज्यान गुमाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *