काठमाडौं ।कोभिड विरुद्धको खोप लगाएका वीर अस्पतालका १५ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित स्वास्थ्यकर्मीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका कोरोना फोकल पर्सन डा. अच्युत कार्कीले जानकारी दिए।
उनका अनुसार संक्रमित सबै युवा उमेरका छन्। संक्रमितमध्ये केही पहिले पनि संक्रमण भइसकेको उनले बताए। अहिले संक्रमित मध्ये अधिकांशलाई लक्षण देखिएको उनले जानकारी दिए।
डा. कार्कीले भने,’कोरोनाविरुद्धको खोप दुवै मात्रा लगाइ सकेकालाई पनि संक्रमण भएको छ। संक्रमण बढिरहेकाले यसमा सबैले सावधानी अपनाउनुपर्छ।




