काठमाडौ । पछिल्लो २४ घन्टामा नेपालमा थप १४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३१२२ जनामा पिसिआर परिक्षण गर्दा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ९८० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार ६१२ पुगेको छ।




