मुख्य समाचार

आइतबार ८९ जना कोरोना सङ्क्रमित थपिए

काठमाडौँ। गत २४ घण्टामा दुई हजार १०१ जनामा पिसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८९ जनासँगै नेपालमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ८३९ पुगेको छ । हाल क्वारेन्टिनमा ५७ जना छन । त्यसैगरी आइसोलेसनमा एक हजार २८२ जना छन् ।    
 विगत २४ घण्टामा ९५ जना सङ्क्रमणमुक्त भएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार ५३० पुगेको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या तीन हजार २७ पुगेको मन्त्रालयले जनाएको छ ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *